पदबाट राजीनामा दिँदै अफगानी राष्ट्रपतिले देश छोडे

काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पदबाट राजीनामा दिँदै देश छाडेका छन् । रोयटर्सका अनुसार तालिवानी विद्रोहीले राजधानी नियन्त्रण गरेर सत्ता आफ्नो हातमा लिन सक्ने चर्चाका बीच राष्ट्रपति घानी देश छाडेर काजिकिस्तान पुगेका हुन् । उनीसँगै उपराष्ट्रपति उपराष्ट्रपति अमरुल्ला सलेहले पनि देश छाडेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै तालिवानी प्रवक्ताले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि आफूले वार्ता गरिरहेको बताएका थिए।

दश दिनभित्रै तालिवानले प्रमुख सहर कब्जा गरेपछि राष्ट्रपति घानीलाई राजीनामा दिन तीव्र दबाब थियो । काबुलस्थित पत्रकार बसिर अहमद ग्वाखले राष्ट्रपति घानीले राजीनामा दिएको जनाएका छन् । उनका अनुसार राजीनामको सक्कली पत्र कतारस्थित तालिवानलाई पठाइएको छ । राष्ट्रपति घानीले देश छाडेको पुष्टि पनि पत्रकार ग्वाखले पहिलोपटक गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति