काठमाडौं, ३१ साउन । अफगान राष्ट्रपति अशरफ घानीको सरकार देशमाथिको नियन्त्रण गुमाउने अवस्थामा पुगेको छ । काबुलबाहेक सबै सहर नियन्त्रणबाहिर गइसकेको अवस्थामा राष्ट्रपति घानीसँग तालिबान विद्रोही समूहसमक्ष आत्मसमर्पण गर्ने कि राजधानी आफ्नो सरकारको नियन्त्रणमा राख्न युद्ध गर्ने भन्ने कठिन विकल्प छ । रातारात अमेरिकी राष्ट्रपति जो बाइडेनले रक्तपातबाट बच्नका लागि राजनीतिक सम्झौता गर्न अफगानिस्तान सरकारलाई आग्रह गरेका थिए। राष्ट्रपति घानीले हिजो शनिवार साहसी सुरक्षा बलको प्रशंसा गर्दै अफगान नागरिकलाई एक संक्षिप्त सार्वजनिक भाषण समेत दिएका थिए । आफू नागरिकमाथिको हिंसा, विस्थापन हुनबाट रोक्न र अस्थिरता हटाउने केन्द्रित रहेको उनको भाषणको आशय थियो । अफगान राष्ट्रपति घानीले आफ्नो राजीनामाको घोषणा गर्न सक्ने अनुमान गरिएको छ । तालिबान अफगानिस्तानको राजधानी काबुल नजिकिँदै गर्दा त्यहाँको तनाव बढिरहेको छ ।
आत्मसमर्पण गर्ने कि युद्ध गर्ने भन्ने कठिन मोडमा अशरफ घानी
प्रतिक्रिया