बुटवल, ३१ साउन । लुम्बिनी प्रदेशमा एमालेको सत्ता ढलेपछि पार्टीका दुई सांसद वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा खुलेका छन् । लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थी र रमा घर्ती नेपाल समूहमा खुलेका हुन् । उनीहरू विगतदेखि नै नेपाल समूहमा रहेको बताइए पनि शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार रहँदासम्म उनीहरू स्पष्ट रूपमा खुलेका थिएनन् । एमाले नेतृत्वको प्रदेश सरकार परिवर्तनसँगै उनीहरू नेपाल समूहमा खुलेका हुन् ।
नेपाल निकट एमाले रुपन्देहीको बैठकमा सांसद पन्थी र घर्ती सहभागी भएका हुन् । पन्थी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुन भने, घर्ती पाल्पाकी समानुपातिक सांसद हुन् । सांसद पन्थीले आफू सूरुदेखि नै नेपाल समूहमै रहेको बताए । उनले भने – ‘म त निरन्तर नेपाल समूहमै छु ।नेपाल समूहको बैठकले पार्टी एकता कायम गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेको छ । दुई पटक प्रतिनिधि सभा विघटन गरेको, नेकपा विभाजन र एमाले भित्र एकता कायम गर्न नसकेकोले पार्टी एकताका लागि नैतिकताका आधारमा राजीनामा दिन केन्द्रीय कमिटीलाई सुझाव दिने निर्णय गरिएको एमाले रुपन्देहीका अध्यक्ष राजु गुरुङले बताए ।
प्रतिक्रिया