राजेन्द्र महतोको चेतावनी ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने हो

काठमाडौं, ३० साउन।  जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिएका छन् ।शनिबार काठमाडौंमा आयोजित आफू पक्षीय बागमती प्रदेशका अगुवा कार्यकर्ताहरुको भेलामा बोल्दै नेता महतोले त्यसका लागि तयार रहन पहाड र हिमालका पार्टी नेता, कार्यकर्तालाई पनि आह्वान गरे ।‘बहुल राष्ट्रिय राज्य स्थापनाका लागि लडाई लड्ने हो । यो देशमा एउटै मात्र काम बाँकी छ, बहुल राष्ट्रिय राज्य स्थापना गर्ने ।

त्यसैका लागि हाम्रो पार्टीको जन्म भएको हो । त्यसका लागि तराई र मधेश तयार छ । पहाड र हिमालका जनतापनि तयार हुनुपर्‍यो’ उनले भने ।केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री भएपछि महतोले बहुल राष्ट्रिय राज्य स्थापना गर्ने भनी अभिव्यक्ति दिँदा उनको भनाइ संविधान विपरीत भएको भन्दै आलोचना भएको थियो र उनले माफी मागेका थिए ।कार्यक्रममा बोल्दै नेता महन्थ ठाकुरले सांसद रेशम चौधरीलगायतका मधेश आन्दोलनका क्रममा बन्दी बनेका, झूटा आरोप लागेका नेता, कार्यकर्ताहरुको तत्काल रिहाई नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।

उनले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारलाइ आग्रह गरे ।अर्का नेता शरदसिंह भण्डारीले वर्तमान सरकार आफूहरुको माग सम्बोधन गर्न गम्भीर नभएको टिप्पणी गरे । मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्नेसरकारले आफूहरुको माग सम्बोधन गर्ला भन्ने आशा नगरेको पनि उनले बताए ।नेता भण्डारीले आफूहरुले राज्यसँग मधेश आन्दोलनको पीडाबाट आफ्ना पार्टीका नेता, कार्यकर्ताहरुलाई उन्मुक्ति दिन माग गरिरहेको स्पष्ट पनि बताए । मधेश आन्दोलनका क्रममा लगाइएको मुद्धा फिर्ता लिने, बन्दी जीवन बिताइरहेका नेता, कार्यकर्ताहरुको तत्काल रिहाई गर्न पनि सरकारसँग उनले आग्रह गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति