काठमाडौँ, ३० साउन । नेपाली कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने भएको छ। शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिनापछि अर्को महाधिवेशनको मिति तोकेको हो । केन्द्रीय समिति बैठकको निर्णय अनुरुप अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ । वडा अधिवेशन भदौ १८, गाउ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।
पाँचौँ पटक सारियो कांग्रेस महाधिवेशनको मिति: अब मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने
प्रतिक्रिया