नेपालले कोभ्याक्समार्फत मोडर्नाको ४० लाख कोरोनाविरुद्धको खोप प्राप्त गर्ने

काठमाडौँ , २९ साउन ।  नेपालले कोभ्याक्समार्फत मोडर्नाको ४० लाख कोरोनाविरुद्धको खोप प्राप्त गर्ने भएको छ । कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ ।नेपालका लागि सुरक्षित र प्रभावकारी खोप ल्याउनका लागि सम्झौता तय गर्न सफल भएको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताए । खोप सन् २०२२ को मार्च महिनासम्म आइपुग्ने अपेक्षा गरिएको छ ।यसले नेपालका ७२ प्रतिशत जनसङ्ख्याका साथसाथै १२ देखि १७ वर्ष उमेर समूहलाई खोप दिने नेपालको लक्ष्य हासिल गर्नमा सघाउने राज्यमन्त्री श्रेष्ठको भनाइ छ । नेपालको आपत्कालीन स्वास्थ्य क्षेत्रको माग पूरा गर्न खोपले सहयोग पुर्‍याउने माल्दिभ्स, नेपाल तथा श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले विश्वास व्यक्त गरे ।महामारीविरुद्धको स्वास्थ्य प्रतिकार्यका लागि विश्व बैंकले १०४ मिलियन डलर उपलब्ध गराइसकेको छ । जसअन्तर्गत कोरोनाविरुद्धको खोपको खरिद र विस्तारका लागि ६७ दशमलव ५ मिलियन डलर विनियोजन गरिएको छ ।

विश्व बैंकले खोप खरिद तथा वितरणका लागि ५० भन्दा बढी कम तथा मध्यम आय भएका देशलाई सघाइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति