बेलायतमा भएको गोलीकान्डमा हमलावरसहित ६ जनाको मृत्यु

काठमाडौं, २९ साउन ।  बेलायतको प्याइमाउथमा भएको गोलीकाण्डमा आक्रमणकारी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बेलायतको स्थानीय समयअनुसार साँझ ६ बजेर १० मिनेटमा किह्याम क्षेत्रमा गोलाबारीबारे प्रहरीले सूचना पाएका थिए ।प्रहरीका अनुसार घटनामा मारिनेमा ३ महिला, २ पुरुष र एक सन्दिग्ध रहेका छन् । सबै जनाको गोली प्रहारबाट मृत्यु भएको बताएका छन् ।प्याइमाउथ सटन र डेभोनपोर्टका सांसद लुक पोलार्डले मारिने मध्ये एक १० वर्षभन्दा कम उमेरको बालिका रहेको बताएका छन् । डेभोन एन्ड कर्नवाल प्रहरीका अनुसार २ महिला र तीन पुरुषको घटनास्थलमा र एक महिलाको अस्पतालको उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।घटनाकी प्रत्यक्षदर्शी शारोनका अनुसार बन्दुकधारीले एउटा घरको ढोकामा लात्तीले हिर्काएर अन्धाधुन्ध गोली बर्साएका थिए । घरमा गोली हानेपछि उनी कुद्दै नजिकैको पार्कमा रहेका थप व्यक्तिहरूलाई गोली हानेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति