भारतमा कोरोना : संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्दो

काठमाडौँ, २९ साउन । दोस्रो धेरै कोरोना भाइरस संक्रमण फैलिएको राष्ट्र भारतमा संक्रमित भन्दा निको हुनेको संख्या बढ्न थालेको छ।
पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार भारतमा ४० हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४१ हजार ७०९ जनाले कोरोना जितेका छन् ।भारतमा पछिल्लो एक साताको तथ्यांक हेर्दा संक्रमणदरमा केही कमी आएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
शुक्रवार विहान सम्म भारतमा कोरोना संक्रमितको संख्या ३ करोड २१ लाख १७ हजार ५२ पुगेको छ ।४ लाख ३० हजार २८५ जना संक्रमितको मृत्यु भएको छ ।अहिलेसम्म ३ करोड १२ लाख ९४ हजार ३१८ जनाले कोरोनालाई जितेका छन् । अहिले भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ९२ हजार ४४९ छ । ८ हजार ९४४ को स्वास्थ्य अवस्था गम्भीर छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति