आफ्नो संसदलाई मन्त्रीको सपथ खुवाएको भन्दै एमालेले जनायो आपत्ति

काठमाडौं, २८ साउन ।  बिहीबार गठित लुम्विनी प्रदेशको मन्त्रिपरिषदमा आफ्ना सांसदलाई सहभागी गराएको भन्दै नेपाल कम्युनिष्ट पार्टी एमालेले गम्भीर आपत्ती जनाएको छ।

नेकपा एमाले लुम्विनी प्रदेश कमिटीले बिहीवार साँझ एक विज्ञप्ति जारी गर्दै नेकपा एमालेका अजय शाहीलाई गैरकानूनी बाटोबाट मन्त्री नियुक्त गरेको भन्दै आपत्ती जनाएको हो। त्यस्तै बिमला ओलीलाई नेकपा माओवादीको संसदीय दलमा सहभागी गराएको प्रति पनि एमालेले आपत्ती जनाएको छ।

शाही नवगठीत मन्त्रिपरिषदमा बिना बिभागीय मन्त्री नियुक्त भएका छन् भने ओलि अन्तिम समयमा आएर मन्त्री बन्नबाट पछि हटिन्।
एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष लीला गिरीले जारी गरेको विज्ञप्तिमा एमालेका सांसद शाहीलाई गैरसंवैधानिक र गैरसंसदीय बाटोबाट मन्त्री बनाउन प्रदेश प्रमुखले भुमिका निर्वाह गरेको भन्दै आपत्ति जनाएका छन्।गिरीद्धारा जारी विज्ञप्तीमा नेपालको संविधानको धारा १६८ को उपधारा ९२०बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलको सदस्यलाई मुख्यमन्त्री नियुक्ती गर्नुपर्ने कानुनी व्यवस्थालाई कुल्चेर प्रतिपक्षी दलमा रहेका सदस्यलाई सरकार र संसदीय दलमा सामेल गरी संविधानको प्रावधान एवं बहुदलीय प्रणालीको मर्म र भावना विपरित प्रदेश प्रमुख नै गैरसंवैधानिक कार्यमा सहभागी हुनु अन्त्यन्तै निन्दनीय कार्य भएको एमालेको ठहर छ भनिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति