दल विभाजन अध्यादेश आउँदैन भन्‍ने विश्‍वास गर्दा हुन्छ – सांसद पौडेल

काठमाडौं, २८ साउन । एमालेका उपमहासचिव एवं सांसद विष्णु पौडेलले वर्तमान सरकारले अध्यादेश ल्याउने छैन भनेर विश्वास गर्दा हुन्छ ? भनेर प्रश्न गरेका छन् ।
आर्थिक श्वेतपत्रमाथि प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै पौडेलले वर्तमान सरकारले अध्यादेश ल्याउन लागेको आशंका गरेका हुन् ।श्वेतपत्रमा अध्यादेशबाट बजेट ल्याएको बारे केपी शर्मा ओली नेतृत्वको यसअघिको सरकारको आलोचना गरिएको थियो । अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशबाट बजेट ल्याएको भन्दै आलोचना गरेका थिए । पौडेलले अध्यादेश ल्याउने संवैधानिक व्यवस्थाको आलोचना गर्नु ठीक नभएको बताए । यो सरकारको पालामा कहिले पनि अध्यादेश आउँदैन भन्ने विश्वास गर्दा हुन्छ ? उनले प्रश्न गरे, केही हप्ता, केही दिनभित्र राजनीतिक दल विभाजन अध्यादेश आउँदैन भन्ने विश्वास गर्दा हुन्छ ?

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति