बेलुकी कोरोना बढ्दै जाने, बिहान घट्ने यो कहाँ अध्ययन भएको तथ्य हो ? – गगन थापा

काठमाडौं, २८ साउन ।  नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकाभित्रका जिल्ला प्रशासन कार्यालयहरूले बेलुकी ८ बजेदेखि सवारी साधन चलाउन नपाउने नियम लगाएकोबारे प्रतिनिधि सभाको आजको बैठकमा प्रश्न उठाएका छन्।काठमाडौं उपत्यकाभित्र आज बेलुकीदेखि यो नियम कार्यान्वयनमा आउँदैछ।

बेलुकी संक्रमण बढ्ने तर बिहान घट्ने जाने यस्तो अध्ययन कहाँ भएको हो भनेर सांसद थापाले प्रश्न गरेका हुन्। ‘साँझ ८ बजेपछि काठमाडौंलगायत ठाउँहरूमा संक्रमण बढ्दै जाने अनि बिहान संक्रमण घट्दै जाने यो अध्ययन कहाँ भएको हो ?,’ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई सांसद थापाले सोधे।

सरकाले कोरोनाविरूद्ध खोप ल्याउने काम गरे पनि खोप लगाउने केन्द्र व्यवस्थापन गर्न नसकेको थापाको भनाइ छ। ‘खोपको लागि गरेको काम प्रशंसनिय छ तर व्यस्थापन किन यति कमजोररु,’ उनले भने।कोरोना संक्रमण वृद्धि भइरहेको बेला भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर परीक्षा भइरहेको र कोरोना पोजेटिभहरू विद्यार्थीहरू पनि अरूसँगै बसेर परीक्षा दिइरहेकोले संक्रमण बढ्न सक्ने उनले बताए। सरकारले आजदेखि परीक्षार्थीलाई कोरोनाविरूद्ध खोप दिन भने सुरू गरेको छ। सांसद थापाले कोरोनाको अहिले कुन लहर चलिरहेको हो भन्ने पनि प्रश्न गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति