अफगानिस्तानका प्रान्तीय राजधानीहरूलाई तालिबानले कब्जामा लिंदै गर्दा सेना प्रमुख बर्खास्त

काठमाडौं, २७ साउन । अफगानिस्तान सरकारले सेना प्रमुखलाई बर्खास्त गरेको छ ।अफगानिस्तानका प्रान्तीय राजधानीहरूलाई श्रृंखलाबद्ध रूपमा तालिबानले कब्जामा लिंदै गएपछि बुधवार अफगान सरकारले सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको हो । उनी गत जुन महिनामा मात्र सेना प्रमुख नियुक्त भएका थिए ।राष्ट्रपति असरफ गनीले अहमदजाइलाई हटाएर हिबतुल्लाह अलिजाईलाई सेना प्रमुख नियुक्त गरेको बीबीसीले जनाएको छ ।तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहारको एउटा जेललाई कब्जामा लिएर सयौं कैदीहरूलाई रिहा गरेको समाचार सार्वजनिक भएको छ । यद्यपि यसको स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन ।हालसम्म ३४ मध्ये ९ वटा प्रान्तीय राजधानीहरूलाई नियन्त्रण गरिसकेको तालिबानले कान्दहारलाई पनि कब्जा गर्ने प्रयास जारी राखेको छ ।अफगानिस्तानको दक्षिणी भागमा अवस्थित कान्दहार सहरका गल्ली-गल्लीमा अफगान सेना र तालिबानबीच लडाइँ भइरहेको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ ।

बढ्दो हिंसाको चपेटामा धेरै सर्वसाधारणले ज्यान गुमाएका छन् । कयौं मानिसहरु पलायन भएका छन् । गत महिनामा एक हजार सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

अफगानिस्तानमा २० वर्षदेखि रहेका अमेरिकी र अन्य विदेशी सेना फिर्ता भएपछि तालिबान समूहले पुनः सक्रियता बढाएको छ ।

तालिबानविरुद्ध संघर्षरत अफगान सेनाको हौसला बढाउन राष्ट्रपति असरफ गनी बुधबार उत्तरी शहर मजार-ए-शरीफको एक र्‍यालीमा सहभागी भएका थिए । मजार-ए-शरीफ परम्परागत रूपमा तालिबान विरोधी शहरको रुपमा चिनिन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति