सुर्खेत, २८ साउन । जाजरकोटमा दाम्लोले बाँधेर कुटपिट गर्ने जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटले वडाध्यक्ष नेपालीलाई पाँच हजार धरौटीमा छोड्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए । ‘भिडियोको आधारमा अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाइएको थियो । तर पीडितले नै वडाध्यक्षको गल्ती नभएको बयान दिए, गलत नियत नभेटिएपछि धरौटीमा छोडिएको छ,’ प्रमुख जिल्ला अधिकारी देवकोटाले भने ।उनका अनुसार वडाध्यक्ष नेपालीलाई भदौ १६ गते बकपत्र गर्न आउने सर्तमा धरौटीमा छोडिएको छ ।साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका वडाध्यक्ष नेपालीलाई साउन २१ गते प्रहरीले पक्राउ गरेको थियो ।वडाध्यक्ष नेपालीले सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सोही भिडियोका आधारमा अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय जाजारकोटले जनाएको छ । सेवाग्राहीलाई अपमानजनक रुपमा कुटपिट गरेको भन्दै वडाध्यक्षको चौतर्फी विरोध भएको थिय
दाम्लोले बाँधेर युवक कुट्ने वडाध्यक्ष धरौटीमा छुटे
प्रतिक्रिया