चलचित्र क्षेत्र चलायमान बनाउने काममा विशेष पहल गरिदिन आग्रह

काठमाडौं, २८ साउन । चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष नवल खड्काले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वसभामुख कृष्णबहादुर महरालाई भेटेर चलचित्र क्षेत्र चलायमान बनाउने काममा विशेष पहल गरिदिन आग्रह गरेका छन् ।बुधबार प्रचण्ड निवास खुमलटारमा भएको भेटमा खड्काले नेपाली चलचित्र क्षेत्रका समस्या र चुनौतीबारे व्याख्या गर्दै लकडाउनका कारण थला परेको चलचित्र क्षेत्रलाई माथि उठाउन र नेपाली मौलिक चलचित्रहरुको प्रवर्द्धनका लागि विशेष पहल गरिदिन आग्रह गरेका हुन् ।पूर्वप्रधानमन्त्री प्रचण्डले चलचित्र क्षेत्रका समस्याबारे आफू गम्भीर भएको बताउँदै यस विषयमा आफ्नो तर्फबाट पूर्णसहयोग रहने प्रतिबद्धता व्यक्त गरेको भेटमा सहभागी चलचित्रकर्मी केएल पीडितले बताए ।पूर्वसभामुख महराले चलचित्र क्षेत्रलाई चलायमान बनाउन विशेष अनुदानका लागि आफूले पहल गर्ने बताएको पीडितले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति