तालिबानद्वारा ८ वटा प्रान्तीय राजधानी कब्जा, ९० दिनभित्र काबुल कब्जा : अमेरिकी गुप्तचर अधिकारी

काठमाडौँ, २७ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता बोलाउनुमा आफूलाई कुनै अफसोच नभएको बताएका छन् । राष्ट्रपति बाइडेनलले अफगानी नेतालाई एकजुट हुन र ‘राष्ट्रका लागि लड्न’ पनि अपिल गरेका छन् । २० वर्ष लामो सैन्य अपरेसनपछि अमेरिकी नेतृत्वको विदेशी सेना फिर्ता भएपछि अफगानिस्तानमा तालिबानले आक्रमण बढाउँदै आएको छ ।

६ दिनमा ३४ मध्ये कम्तीमा ८ वटा प्रान्तीय राजधानीमा तालिबानले कब्जा जमाइसकेको छ ।मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति बाइडेनले अफगानिस्तानसँग गरिएको वाचामा अमेरिका प्रतिबद्ध रहेको बताएका छन् । हवाई सहायता र अफगान सुरक्षाकर्मीलाई उपकरण सहयोग भने जारी रहने बाइडेनको भनाइ छ । उनले अगाडि भने,‘उनीहरु आफ्ना लागि लड्नुपर्नेछ ।’सुरक्षा अवस्था बुझ्नका लागि मजर(ए(सरिफ पुगेका अफगानी राष्ट्रपति असरफ घानी ।संयुक्त राष्ट्र संघका अनुसार गत महिना मात्रै तालिबान र सुरक्षा फौजबीचको झडपमा १ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको बताएको छ । त्यस्तै युनिसेफले जारी हिंसाको मारमा बालबालिका बढी रहेको बताएको छ । मंगलबार मात्रै तालिबानले दुई प्रान्तीय राजधानी फराह र पुल–ए–खुमरी कब्जा गरेका छन् । यसअघि तालिबानले महत्त्वपूर्ण मानिएको कुन्दुज सहरलगायत ६ वटा प्रान्तीय राजधानी आफ्नो कब्जामा लिइसकेको छ ।यसैबीच वासिंटन पोस्टमा छापिएको एउटा रिपोर्टमा ९० दिनभित्र राजधानी काबुल तालिबानको कब्जामा आउन सक्ने बताइएको छ । वासिंटन पोस्टले अमेरिकी गुप्तचर अधिकारीहरुलाई उद्धृत गर्दै तालिबानले ढिलोचाँडो काबुल नै कब्जा गर्ने रणनीतिअनुरुप अगाडि बढेको उल्लेख गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति