काठमाडौं, २७ साउन । सभापति शेरबहादुर देउवासहित शीर्ष नेतृत्वलाई पाँच बुँदे सुझाव दिँदै नेपाली कांग्रेसको जिल्ला सभापति भेला सकिएको छ।
सोमबार र मंगलबार भेला गरेपछि बुधबार जिल्ला सभापतिहरूले विज्ञप्ति जारी गर्दै ५ बुँदे सुझाव दिएका छन्। भेलामा सहभागी एक सभापतिका अनुसार क्रियाशील सदस्यतामा देखिएका विवाद छिट्टै हल गरी समयमै महाधिवेशन गर्न जिल्ला सभापतिहरूले जोड दिएका छन्। पाँच बुँदे सुझाव नेतृत्वले अस्वीकार गरेमा जिल्ला सभापतिहरूले जस्तोसुकै कदम पनि चाल्न सक्ने चेतावनी समेत दिएको छ । जिल्ला सभापतिहरूले क्रियाशीलको विवरण सार्वजनिक गर्न माग गरेका छन्। मापदण्ड पुगेकालाई मात्रै क्रियाशील दिन उनीहरूको सुझाव छ।यस्तै जिल्लाबाट तहगत रूपमा सिफारिस भई आएकालाई मात्रै क्रियाशील दिन र समायोजनका नाममा जसलाई पनि क्रियाशील सदस्यता नदिन उनीहरूको सुझाव छ।क्रियाशील सदस्यता वितरणलाई पारदर्शी र न्यायपूर्ण बनाउन पनि उनीहरूले माग गरेका छन्।बाढी पहिरोबाट क्षति पुगेका सिन्धुपाल्चोकलगायत क्षेत्रमा राहत उपलब्ध गराउन पनि सरकारसँग जिल्ला सभापतिहरूले माग गरेका छन्।

प्रतिक्रिया