पछिल्लो २४ घण्टामा थप ३ हजार ४८१ कोरोना संक्रमित थपिए, ३० को मृत्यु


काठमाडौं, २७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ९०७ जनाको पीसीआर परीक्षणमा २ हजार ६१६ र ५ हजार ७४९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८६५ जनामा कोरोना पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८८५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका अनुसार निको हुने दर ९३.४ प्रतिशत रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति