काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ८६ कोरोना संक्रमण

काठमाडौं, २६ साउन ।   मंगलबार काठमाडौं उपत्यकामा १ हजार १ सय ८६ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ७९५, ललितपुरमा २३९ र भक्तपुरमा १५२ संक्रमित थपिएका हुन्।हाल काठमाडौं उपत्यकामा १० हजार ९१० सक्रिय संक्रमित रहेका छन्। जसमा काठमाडौं जिल्लामा सबैभन्दा धेरै ७ हजार ६७७, ललितपुरमा १ हजार ८८३ र भक्तपुरमा १ हजार ३५० सक्रिय संक्रमित छन्। यसैगरी काठमाडौंमा निको हुनेको संख्या २ लाख १३ हजार ८ सय २४ पुगेको छ भने भक्तपुरमा २३ हजार ७ सय ५० पुगेको छ। त्यस्तै ललितपुरमा ४० हजार २ सय ३० पुगेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति