ओली अघि बढे, माधव नेपाल अनिर्णय र आशाको बन्दी बन्दै

काठमाडौँ — नेकपा एमालेको संस्थापन पक्षले पार्टी संगठनमा व्यापक हेरफेर हुने गरी विधान संशोधन प्रस्ताव पारित गरेपछि एमाले एकताको प्रयास ‘असफल भएको छ  । अध्यक्ष केपी शर्मा ओलीले सोमबार स्थायी र केन्द्रीय कमिटी बैठकबाट विधान संशोधन प्रस्ताव पारित गराएपछि वरिष्ठ नेता माधवकुमार नेपालसमूहको रोदनलाई नसुन्ने स्पष्ट सन्देश दिएका छन् ।

भदौ २७ र २८ का लागि तय भएको विधान महाधिवेशनमा पेस गर्न तयार गरिएको विधान संशोधन मस्यौदामा अहिलेको संरचनामा व्यापक हेरफेर गरिएको छ । नेपाल समूहले एकताका लागि विधान महाधिवेशन र सदस्यता नवीकरण रोक्नुपर्ने सर्त राखेको थियो । अध्यक्ष् ओलीको पछिल्लो निर्णयबाट नेपाल समूहका नेताहरु आक्रोशित भएका छन् । उनीहरुको धम्कइरहेपछि ओली झुकिहाल्छन् नि भन्ने मनोदशमा गम्भीर धक्का लागेको छ ।

 

‘पहिला पनि स्थायी कमिटीको बैठक रोक्नुस् र एकताका लागि उपाय निकालौं भनेका थियौं, रोक्नु भएन, निर्णयहरू गर्नुभयो र विभाजनतर्फ नै अगाडि बढ्नुभयो,’ उपमहासचिव घनश्याम भुसालले टिप्पणी गरेका छन् । ‘सोमबारको केन्द्रीय कमिटी बैठकले त झन् एकताको पक्षमा योगदान गरेन । यी दुईवटै बैठक र निर्णयलाई हेरेर निरन्तर रूपमा किन कमरेड ओली विभाजनतर्फ जाँदै हुनुहुन्छ भन्ने कुरामा हामी छलफल गर्छौं  भन्ने प्रतिक्रिया जनाएर माधव समूह अझै आशा गरेर बस्ने तहभन्दा माथि उठेको छैन ।
‘माधव नेपालले एकपछि अर्को सर्त राखेर एकता प्रक्रिया लम्ब्याउन खोजे, यसरी पार्टी संगठन चल्दैन भन्ने निष्कर्षमा अध्यक्ष ओली पुग्नुभएको छ, अब माधव नेपाल आए उनका लागि ढोका बन्द हुँदैन, नआए पार्टी उनीबिनै अगाडि बढ्छ,’ ओली समूहको यो साझा निश्ष्कर्ष हो । ‘माधव नेपालले भिन्दै पार्टी बनाउँछन् भन्ने ओलीको बुझाइ छ । त्यसैले उनलाई पर्खंदा पार्टीले गति लिन्न भन्नेमा उहाँ प्रस्ट हुनुहुन्छ ।’ ओलीले केन्द्रीय कमिटी बैठकमा पनि नेपालसँग दूरी बढ्दै गएको र उनीबिनै अगाडि बढ्न सकिने प्रस्ट संकेत दिएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर नेपालले एमालेलाई ध्वस्त गर्न लागेको उनको आरोप छ । ‘माधव नेपालहरूका बारेमा केही भन्नु छैन, प्रचण्डसँग मिलेर पार्टी ध्वस्त पार्न लाग्नुभयो, देउवासँग मिलेर आफ्नो सरकार ढालेर दक्षिणपन्थी गठबन्धन बनाउनुभयो,’ ओलीको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य महेश बस्नेतले बताए । ‘साथीहरू माधवजीलाई केही नभन भन्नुहुन्छ । म भन्न पनि चाहन्नँ, धेरै ‘
दोस्रो तहका नेताहरूले यसबीचमा एकताका लागि अनेक प्रयत्न गरे पनि सफल हुन सकेनन् । शनिबार पनि एमाले उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्या भण्डारीलाई भेटेर एकताका लागि मध्यस्थको भूमिका खेल्न आग्रह गरेका थिए । ‘यसबीचमा एकताका लागि धेरै प्रयास भए । सोमबारको केन्द्रीय कमिटी बैठक रोक्न पनि प्रयत्न गर्‍यौं, बैठक रोकेर न्यूनतम रूपले भए पनि उहाँहरूले केही गर्नुहोला भन्ने थियो । त्यो भएन । बरु बैठकले गरेका निर्णय विभाजनका लागि अर्को स्टेप हो,’ नेपाल पक्षका नेता रामकुमारी झांक्रीले आक्रोश पोखिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन् –क। ख। ओलीको नजरमा संसारमा २ प्रकारका मान्छेहरू छन्
१. शत्रुहरू
२. चाकरहरू
उहाँ के गर्न चाहनुहुन्छ भन्ने स्पष्ट नै छ। त्यसैले आज जे गर्दै हुनुहुन्छ, जस्तो पार्टी बनाउन खोज्दै हुनुहुन्छ त्यो अनौठो होइन। ‘हामीले विभाजनलाई अभोइड गरौं भनेर प्रयत्न गरेका थियौं । त्यसमाथि अर्को चुनौती थपियो ।’

‘माधव नेपाल समूहभित्र यतिबेला एकमत छैन । संसद् विघटनदेखि लिएर संविधान, पार्टी र आन्दोलनविरुद्ध ओलीले गरेका सबै दुष्कर्महरूको भन्डाफोर गर्न देशभर प्रशिक्षण कार्यक्रम गर्ने वा ओली विभाजनकै पक्षमा भएपनि एकताकै पक्षमा लाग्ने भन्ने दुई खालो विचार छ ।
माधव नेपाल समूह यतिबेला नयां पार्टी बनाउने र सरकारमा पनि ससहभागीहुने वा ओलीसंगै आत्मर्मपर्ण गरेर पार्टीमा फर्किने बाहेका कुनै विकल्प छैन ।
ओली पक्षले माधव नेपाललाई कुरेर पार्टीलाई अनिर्णयको बन्दी बनाएर नवस्ने बारम्वार बताउंदै आएको छ ।

‘ओलीले सोमबार गरेको एकलौटी निर्णयले एकताको च्याप्टर क्लोज भएको छ। देशव्यापी रूपमा समानान्तर गतिविधिलाई अब तीव्रता दिनुपर्छ,’ नेपालले आफू निकट नेताहरुलाई निर्देशन दिएका छन्‘हिजोको निर्णयले पार्टी एकतामा बाधा पुर्‍याएको छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति