आज बिहान ९ बजे मैलुङ खोलाको आईपीओ बाँडफाँड हुने

काठमाडौं, २६ साउन । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको आईपीओको प्रि–अलोटमेन्ट सकिएको छ ।

प्रि–अलोटमेन्ट सकिएकाले भोलि बिहान ९ बजे आईपीओ बाँफाँड हुने सिद्धार्थ क्यापिटलले जनाएको छ । रितपूर्वक आवेदन दिएका कुल संख्यामध्ये ६८ हजार ४७४ जनाले १० कित्ताको दरमा सेयर पाउनेछन् ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । कुल सेयरमध्ये १४ हजार ७२६ कित्ता कर्मचारीहरुका लागि र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारणलाई निष्काशन हुने गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति