काठमाडौं, २५ साउन । आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा काम वर्तमान सरकारले भटाभट बदर गर्न थालेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको केन्द्रीय कमिटीको बैठकमा एउटा गीत सुनाएका छन् ।
प्रेमध्वज प्रधानले गाएको गीतको शैलीमा अध्यक्ष ओलीले भने , ‘भत्काइदेउ धरहरा, पुरिदेउ रानी पोखरी, टालिदेउ मेलम्ची, भत्काइदेउ सडक ,पुल र विमानस्थलहरू ओली याद आउने सबै चिजहरू ।’
‘भत्काइदेउ धरहरा, पुरिदेउ रानी पोखरी, टालिदेउ मेलम्ची, भत्काइदेउ सडक पुल र विमानस्थलहरू ओली याद आउने सबै चिजहरू ।
अदालतको परमादेश बाट बन्दै गरेको सरकार,’ अध्यक्ष ओलीले भने ‘एक महिनासम्म गठन हुन नसकेकोले बन्दै गरेको सरकार । हिजो आफ्नो पार्टीको समस्याले सदन विघटन गर्न पाइन्छ भन्नेहरूको पार्टीहरूको किचलो छरपष्ट भएको छ के अब आफ्नो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ ?’
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले देउवा नेतृत्वको सरकारले ल्याएको न्यूनतम कार्यक्रम आफूहरूविरुद्धको गाली गलौजको पुलिन्दासमेत रहेको बताए । ‘सरकारको न्युनतम कार्यक्रम हामीविरुद्ध गाली गलौजको पुलिन्दा हो। असंवैधानिक र अपवित्र नन्दिभृगी जालिझेलिहरूको गठबन्धन हो । भ्रष्टाचारीलाई कारबाही गर्ने रे । कयान्टेनमेन्टको भ्रष्टाचार विगतको लुट निजी सम्पति कब्जा ठेकेका कब्जा छानबिन हुन्छ । वाइडबडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करी काण्ड कहिले भए ?’ उनले प्रश्न समेत गरे , ‘संलग्न गठबन्धनका नेताहरूलाई कारबाही गर्न सक्नुहुन्छ ? कि झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षड्यन्त्र गर्ने प्लान हो ? हाछ्यु खाय बाछ्यु खाय झुसे बारुलो । एमालेले तमाम देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिको साथ लिएर प्रतिकार गरिनेछ ।’
प्रतिक्रिया