आफुलाई बर्खास्त गरेर देखाउ भन्दै रेल बिभागका महाप्रवन्धकले दिए सरकारलाई चुनौती

काठमाडौं, २५ साउन ।  रेल बिभागका महाप्रबन्धक गुरु भट्टराईले सरकारले सोधेको स्पष्टीकरण नदिने बताएका छन् । आफुले जिरोबाट सुरु गरेर सञ्चालनको तयारीमा पुर्याएको रेल बिभागलाई लथालिङ बनाउने गरि सरकारको षड्यन्त्र गरेको उनको आरोप छ । रेल बिभागमा पत्रकार सम्मेलनको आयोजना गरी भट्टराईले राजनितीक पुर्वाग्रहका आधारमा आफुलाई बर्खास्त गर्न लागेको बताएका छन् । प्रचण्ड र माधव नेपालले बिगत देखि नै आफ्नो बिरोध गर्दै हिंडेको दावी गर्दै उनले अब मैदानबाटै छिनो फानो गर्ने बताए । आफुले सामाजिक सञ्जालमा लेखेकै भरमा जिम्मेवारीबाट हटाउने हो भने लोकतन्त्र भनेको यही हो भन्दै प्रतिप्रश्न गरे ।

सरकारले सोधेको राजनितीक स्पष्टिकरणको जवाफ आफुले नदिने उनको भनाई छ । सरकारले आफुलाई सामाजिक सञ्जालमा लेखिएको बिषयलाई आधार मानेर स्पष्टीकरण सोधेको बताउँदै राजनितीक बिषयमा पदमा बसेर जवाफ दिन नमिल्ने उनले जिकिर गरे । आफुलाई बर्खास्थ गरे मैदानमा उत्रिन्छु तर स्पष्टिकरण दिएर सर्बोच्च जान्न भन्दै सरकारलाई बर्खास्थ गरेर देखाउन चुनौती दिएका छन् । आफुले बिभाग छोड्नु परे नेपालीको रेल देख्ने सपना ५ बर्ष पछाडी धकेलिने उनको तर्क थियो । सरकारले सात दिन भित्र स्पष्टिकरण दिन साउन १९ गते पत्र पठाएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति