भारत र इङ्ग्ल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा

काठमाडौं, २५ साउन ।  भारत र इङ्ग्ल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । अन्तिम तथा पाँचौँ दिन वर्षाका कारण खेल हुन नसक्दा पहिलो टेस्ट बराबरीमा सकिएको हो ।

इङ्ग्ल्यान्डलाई जितको लागि १ सय ५७ रन अघिनै भारतको नौ विकेट लिनुपर्ने हुन्थ्यो । तर वर्षा बाधक हुँदा नजिताविहीन हुन पुग्यो ।चौथो दिनको खेल सकिँदा जितको लागि २ सय ९ रनको लक्ष्य पछ्याएको भारतले १४ ओभरमा एक विकेट गुमाएर ५२ रन बनाएको थियो । ‍पाँच टेस्ट श्रृङ्खला अन्तर्गत दोस्रो खेल बिहिवारदेखि लर्ड्स क्रिकेट मैदानमा हुनेछ ।

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति