डिएसपीसहित तीन दर्जन प्रहरी पक्राउ

काठमाडौं, २४ साउन ।  संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानका लागि लिइने नेपाल प्रहरीको आन्तरिक परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेको छ ।

यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र लिक भएको आशंकापछि प्रधान कार्यालयले जारी राखेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।अनुसन्धानबाट अहिलेसम्म प्राप्त सूचनाअनुसार प्रधान कार्यालयबाट साइबर ब्युरोमा सुरुवा भएका कुमार शाह र यूएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बमको सो प्रकरणमा मुख्य संलग्नता देखिएको छ । उनीहरु दुबै जना आन्तरिक नियन्त्रणमा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति