काठमाडौं, २३ साउन । केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको नेकपा एमाले केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार भोलिका लागि तय भएको बैठक सोमवार दिउँसो ३ बजेका लागि बोलाइएको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि अध्यक्ष ओलीलाई आइतबार सम्मको समयसिमा दिएको थियो। नेता नेपालले पनि हरेकजसो सार्वजनिक कार्यक्रममा आफू एकताकै पक्षमा रहेको जिकिर गर्दै आएका छन्। पार्टी एकतालाई मध्यनजर गर्दै बैठक सारिएको हुनसक्ने एक नेताले जानकारी दिए।केन्द्रीय कमिटी बैठकअघि बिहान ११ बजे स्थायी कमिटी बैठक पनि बस्ने भएको छ। दुवै बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवन, ललितपुरमा बस्ने एक केन्द्रिय सदस्यले जानकारी दिए ।
भोलि बोलाइएको एमाले केन्द्रीय कमिटी बैठक सर्यो
प्रतिक्रिया