काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हिमालपारिको जिल्ला मनाङमा गत असार १ गते गएको बाढी प्रभावित क्षेत्रको शनिबार भ्रमण तथा अवलोकन गर्ने क्रममा उनले भने, यो सरकारको साथ तपाईंहरुलाई छ, तपाईंहरुको दुःखको साथमा हामी छौं, गठबन्धन सरकार तपाईंहरुको साथमा छ ।

प्रचण्डले सिन्धुपाल्चोक र मनाङमा १०० वर्ष यताकै ठूलो बाढी र पहिराले धेरै क्षति पुर्याएको बताउंदै यसको समाधानका लागि भूगर्भविद्बाबाट अध्ययन गराएर दीर्घकालीन योजना बनाउने बताए । उनले भने, ुतत्कालका लागि प्रभावित जनताको बसोबास र खाद्यान्न व्यवस्था गर्नेछौँ । दीर्घकालीनरूपमा पनि हामीले योजना बनाउने छौँ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, पार्टी नेता देव गुरुंग लगायत जनप्रतिनिधिको टोलीले मनाङका पिसाङ, चामे, नासों गाउँपालिकाका विभिन्न वडाक बाढी प्रभावित क्षेत्रको अवलोकन गरेको थियो ।

माओवादी अध्यक्ष प्रचण्डले सन् १९९६ देखि शुरु गरेको जनयुद्धमा मनांगबाटै नेता देव गुरुंगले दिएको बन्दुक प्रयोग भएको घटना बताउने गरेका छन् । जनयुद्ध कालमा र शान्ति कालमा पनि प्रचण्डले मनांगको विकासमा चासो दिंदै आएका छन् ।
प्रतिक्रिया