दार्चुला घटनामा सरकारले भारतसँग कुरा गर्न सकेन, याे वीपीकाे अपमान हाे : राष्ट्रिय सभा सदस्य वली

काठमाडौं, २२ साउन । राष्ट्रिय सभा सदस्य कोमल वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको भन्दै यसले कांग्रेसका संस्थापक बिपी कोइरालाकै अपमान भएको टिप्पणी गरेकी छन् ।शुक्रबारको राष्ट्रियसभा बैठकमा बोल्दै वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको आरोप लगाइन् । विपी कोइरालाले छिमेकी देश भारत र चीनसँग ठाडै सम्वाद गर्ने गरेको स्मरण गराउँदै यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसक्नु उनकै अपमान भएको वलीको भनाइ थियो ।‘नेपाली जनताको अपमान हुँदा, तुइन काटेर यौटा युवालाई मारिँदा एक शब्द नबोल्ने रु समिति बनाएर टार्ने रु यही हो विपीका अनुयायीहरूको चरित्र रु यो विपी कोइरालाको अपमान हो । विपीले बनाएको पार्टीको अपमान हो । नेपाली कांग्रेसका कार्यकर्तामाथिको अपमान हो । देश, मानवीय, जनताको इस्यूलाई साराले तुइन काटेको भनेर भन्दा रिपोर्ट पर्खने कुरा हुन्छ रु विपीले त्यतिबेला रिपोर्ट पर्खेको भए के हुन्थ्यो रु नाम रहन्थ्यो रु,’ वलीले भनिन्, ‘ समयलाई चिन्न नसक्ने, समयलाई हाँक्न नसक्ने, कतिबेला कसको सरकार गिर्छ र पदमा बसौला भन्नेहरूबाट मुलुक कदापी चल्न सक्दैन । देशलाई पर्दा, जनतालाई पर्दा औँला ठड्याउन नसक्नेहरूले मुलुकको रक्षा कदापी गर्न सक्दैनन् । जनताको सुरक्षा पनि हुन सक्दैन ।’ नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले यसअघिको बैठकमा देशको यस्तो परिस्थिति आउनुमा सबै जिम्मेवार रहेको भनेको कुरालाई ईंगित गर्दै वलीले डुंगामा प्वाल परिसकेपछि महसुस गर्नुले कुनै अर्थ नराख्ने बताइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति