सांसद संग्रौलाद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं, २२ साउन । नेपाली कांग्रेसकी सांसद डा। डिला संग्रौला पन्तले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेकी छन् । सांसद संग्रौलाले शुक्रबार प्रतिनिधिसभा अन्र्तगतको संघीय संसद सचिवालयमा पाँच बुँदे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेकी हुन् ।

प्रस्तावको समर्थकमा प्रमिला राई र रामबहादुर विष्ट रहेका छन् । उनले कोभिड १९ का कारण विदेशमा रोजगारीमा रहेका नेपालीहरुको समस्या, कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवार तथा रोजगारी गुमाएका व्यक्तिलाई नेपाल सरकारको तर्फबाट भएको सहयोग र वैदेशिक रोजगार असुरक्षित भएकोले त्यसलाई सुरक्षित बनाउन सरकारको योजना लगायतका बिषयमा संघीय संसद प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेकी हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति