महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइयो

काठमाडौँ, २१ साउन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ । काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित रहेको महाकवि देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो । संग्रहालय बनाउनका निम्ति देवकोटाको सो घर भत्काइएको छ ।

महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास रहेको प्रतिक्रिया दिइन् । उनले भने,ुएकेडेमीमा सबै बुद्धिजिवी व्यक्तिहरु बस्नुहुन्छ । सबै पढेलेखेको बुद्धिजिवी व्यक्तिहरु बस्नुहुन्छ । उहाँहरुको तजबिजले राम्रै गर्नुहुन्छ भन्ने आशामा छु । उहाँहरु जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ भन्ने मलाई लागेको छ ।महाकवि देवकोटाको घर सरकारले २ करोड ५० लाखमा किनेको हो । देवकोटाले सो घर वि।सं। १९९० सालतिर किनेको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति