काठमाडौं, २१ साउन । एकजना स्थानीय युवकलाई डोरीले बाँधेर कुट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका– २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । उनले साउन १५ गते सोही ठाउँका स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनले कुटपिट गरेको दृश्यसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।जाजरकोट प्रहरीले उनलाई सोधपुछका लागि भन्दै सदमुकाम ल्याइएको जनाएको छ । स्थानीयलाई कुटेको भिडियोका आधारमा वडाध्यक्षलाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ । जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार बुधबार साँझ पञ्चाला प्रहरी चौकीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो ।‘टाढा भएका कारण विभिन्न इलाका प्रहरीको रोहबरमा उनलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको हो’ उनले भने । प्रहरीका अनुसार पीडित युवालाई पनि जिल्लामा बोलाइएको छ । यद्यपि, पीडितले अहिलेसम्म ती वडा अध्यक्षविरुद्ध जाहेरी भने दिएका छैनन् ।
डोरीले बाँधेर युवकलाई कुट्ने वडाअध्यक्ष पक्राउ
प्रतिक्रिया