सत्तारुढ कार्यदलको बैठक सकियो, के भयो निर्णय

काठमाडौं, १९ साउन । सत्तारुढ कार्यदलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठक विनानिष्कर्ष सकिएको हो । बैठक पुनःअपराह्न ४ बजे बस्ने छ । सरकारले गर्ने न्यूनतम साझा कार्यक्रमलाई अपराह्न बस्ने बैठकले अन्तिम रुप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने तयारी कार्यदलले गरेको छ ।

सरकारका काम कारवाहीलाई प्रभावकारी बनाउन तीन दलका नेता सम्मिलित कार्यदल बनाइएको छ।कार्यदलको संयोजकमा पूर्णबहादुर खड्का रहेका छन्। कार्यदलले सत्ता साझेदार पाँच दलसँग परामर्श गरेर साझा कार्यक्रम बनाउने कार्यादेश पाएको छ। कार्यदलमा भने कांग्रेस, माओवादी र जसपाका नेतामात्रै सहभागी छन्। सरकारले अंगाल्ने न्यूनतम साझा कार्यक्रम तय भइसकेपछि मात्रै मन्त्रिपरिषद विस्तार हुने जनाइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति