सचिव शिशिरकुमार ढुंगानाको अर्थमन्त्रालयबाट बिदाई

काठमाडौँ, १८ साउन । अर्थसचिवका रूपमा करिब २ वर्ष जिम्मेवारी समालेका शिशिरकुमार ढुंगाना अर्थमन्त्रालयबाट बिदा भएका छन् ।महालेखा नियन्त्रक मधुकुमार मरासिनीलाई मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएपछि ढुंगाना प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएका छन् ।आफ्नो करिअरका अधिकांश समय अर्थमन्त्रालय विताएका ढुंगाना भन्सार विभागको महानिर्देशक हुँदै राजस्व सचिव भएका थिए । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको समयमा राजस्व सचिव रहेका उनी २ वर्ष अवधि पूरा भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएका थिए । खतिवडाकै पालाका अर्थसचिव रहेका डा. राजन खनाल अवकाश भएपछि ढुंगाना पुन अर्थसचिव भएर अर्थमन्त्रालयमा नियुक्ति लिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति