सूर्य थापा भने -अब माधव नेपाललाई नरोकौं

काठमाडौं, १६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका निकट नेता सूर्य थापाले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा एकताबद्ध हुन अब धेरै कर नगर्न आफ्ना नेताहरूलाई सुझाव दिएका छन्। नेता नेपाल अझै पनि गल्ती स्वीकार गर्ने पक्षमा नदेखिएको भन्दै उनलाई अब अलग्गिनबाट नरोक्नु नै उत्तम हुने उनको भनाइ छ।

‘प्रायश्चित गर्नु, क्षमायाचना गर्नु, सुध्रिनु र भविष्यमा यस्तो पार्टीघात र गद्दारी गर्नेछैन भन्नु त कहाँ हो कहाँ ? कार्यदलको प्रतिफल १० बुँदे समझदारी नै मान्य छैन, केपी शर्मा ओली मातहत एमालेमा फर्किन्न रे,’ ओली प्रधानमन्त्री छँदा प्रेस सल्लाहकार रहेका थापाले शनिबार अपराह्न सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अब धेरै ल्याङल्याङ नगरी उहाँलाई देउवा–प्रचण्डकै सहयोगी बन्न दिऔं, नरोकौं।’ थापाले ओली शासनका बेला पनि वरिष्ठ नेता नेपालको कडा आलोचना गरिरहन्थे।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति