काठमाडौं, १६ साउन । बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको बेथिती अन्त्यको माग गर्दै नागरिकहरु माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसी, खगेन्द्र संग्रौलालगायत सहभागी थिए ।उनीहरुले जनताको शक्ति राज्यशक्ति भन्दा शक्तिशाली हुन्छ, सरकार तिम्रो प्राथमिकता के हो ? हामी के चाहन्छौं ? राजनीतिमा सार्वजनिक स्वामित्व जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
माइतीघरदेखि नयाँ वानेश्वरसम्म बृहत नागरिक आन्दोलनको प्रदर्शन
प्रतिक्रिया