तत्काल सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइयोस् : प्रकाशमान सिंह

काठमाडौं, १६ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् ।

शनिबार बिहान काठमाडौंमा भएको एक कार्यक्रममा सिंहले कोरोनाको तेस्रो लहरको जोखिम बढेकाले सबैलाई खोपको व्यवस्था गर्न सरकारले विशेष तयारी गर्नुपर्ने बताए ।प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नागरिकलाई खोप उपलब्ध गराउने बताइसकेकाले सोहीअनुसार काम थाल्न सिंहको आग्रह थियो ।

ुकोरोना संक्रमणको तेस्रो लहरको जोखिम उच्च छ । यस्तो बेला सरकारले कोरोना विरुद्धको खोप सम्पूर्ण नागरिकलाई व्यवस्था गर्नुपर्छ,ु सिंहले भने, ‘प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले सम्पूर्ण नागरिकलाई खोप उपलब्ध गराउने बताइसक्नु भएको छ । विश्वास गरौं काम पनि त्यसै अनुसार हुनेछ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति