चिनियाँ राजदूत र ऊर्जा मन्त्री भुसालबीच भेटवार्ता

काठमाडौं, १५ साउन । चिनियाँ राजदूत होउ यान्छीले ऊर्जा मन्त्री पम्फा भुसालसँग भेटवार्ता गरेकी छन्।आज सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो।भेटवार्ताका क्रममा दुई देशका बीच आपसी सम्बन्ध र विविध चासोका विषयमा छलफल भएको ऊर्जा मन्त्रीको सचिवालयले जानकारी दिएको छ।वर्षौंदेखि जनस्तर र सरकारबीच रहिआएको गहिरो सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास आफूले लिएको ऊर्जा मन्त्री भुसालले बताएकी छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति