चीन पुगे तालीबानी नेता, चिनियाँ विदेशमन्त्रीले भेटमा राखे यी सर्त


काठमाडौं, १४ साउन । अफगानिस्तानमा जारी हिंसाका बीच अफगानिस्तानका तालिबानी नेताहरुको प्रतिनिधिमण्डल चीन पुगेका छन् । चीन पुगेका तालिवानका प्रतिनिधमण्डलहरुसँग बुधबार चिचियाँ विदेशमन्त्री वाङ यीले उत्तरी चीनको तियानजिनमा भेटवार्ता गरेका छन् ।
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसी फर्किएको एक दिनपछि तालिबानीहरुले मन्त्री वाङ यीसँग भेटेको बीबीसीले जनाएको छ । विदेशमन्त्री वाङ यीले पाकिस्तानका विदेशमन्त्रीसँग अफगानीस्तानको बारेमा कुराकानी भएको पाकिस्ताले जानकारी दिएको थियो ।


चीनको सरकारी सञ्‍चारमाध्‍यम सीजीटीएनका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीले बुधबार तालिवानका प्रतिनिधिमण्डलहरुसँगको भेटमा चीन विरोधी आतंकीकारी संगठन इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्टलाई छोड्‍नु पर्ने बताएका थिए ।उनले भनेका थिए, ‘ पूर्वी तुस्कितान इस्लामिक मुभमेन्ट एउटा आतंकवादी समूह हो। यसलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले पनि मानेको छ। अन्तरार्ष्ट्रिय समुदायको पनि आतंकवादी संगठनसँग मिलेर लडौं भन्‍ने चाहना छ। चीन तालिवान संगठनसँग ती आतंककारी संगठनसँगको सम्बन्ध तोडेको हेर्न चाहन्छ।’यता, तालिवानी नेताहरुले अफगानिस्तानको जमीनको चीनको कुनै पनि क्षति नहुने प्रतिवद्धता जनाएका छन् । उनीहरुले भनेका छन्, ‘ अफगानिस्तानको जमीनमा चीन विरोधी कुनै पनि गतिविधि वा नोक्सानी हुने छैन।’

यसका साथै तालिवानी संगठनका प्रवक्ता डीआर एम। नीमले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘ बैठकमा राजनीति, अर्थ व्‍यवस्था तथा दुवै देशको सुरक्षासँग जोडिएको मुद्दा, अफगानिस्तानको अहिलेको स्थिति तथा शान्ति प्रक्रियाको बारेमा छलफल भएको छ।

यस्तै नीमले भनेका छन्, ‘ उक्त बैठकमा चीनले अफगानी मानिसहरुको मद्दत गर्ने प्रतिवद्धता जनायो । शान्ति प्रक्रियामा सघाउन मद्दत गर्ने आश्वासन दियो । ‘

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति