काठमाडौं उपत्यकामा ५० वर्षभन्दा माथिकालाई भेरोसेल खोप लगाइँदै


काठमाडौं, १४ साउन । काठमाडौं उपत्यकामा आजदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदै छ ।

स्वास्थ्य सेवा विभागका अनुसार यसअघि छुटेका ५० वर्षमाथिका नागरिक, प्राध्यापक, शिक्षक, चालक र सहचालक तथा अत्यावश्यक सेवामा काम गर्नेहरुलार्ई पहिलो मात्राको खोप लगाइनेछ ।

काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ । अत्यावश्यक सेवाका व्यक्तिको हकमा राधास्वामी आइसोलेशन सेन्टर सामाखुसी, वीर अस्पताल, निजामती अस्पताल, शिक्षण अस्पताल महारागञ्ज र टेकु अस्पतालमा खोप कार्यक्रम सञ्चालन हुनेछ।

खोप लगाउन आवश्यक पर्ने नागरिकता लगायत परिचय खुल्ने प्रमाणपत्रसहित बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको केन्द्रमा जान सकिने महानगरपालिकाले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति