प्रधानमन्त्री देउवालाई चिनियाँ समकक्षीको बधाई सन्देश

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालाई उत्तरी छिमेकी चीनका प्रधानमन्त्री लि खछ्याङले बधाई दिएका छन्। काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्कीले चिनियाँ प्रधानमन्त्रीले बधाई सन्देश पठाएको जानकारी दिएकी छन्। उनका अनुसार सो बधाई सन्देशमा चिनियाँ प्रधानमन्त्रीले नेपाल र चीन मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गरेका छन्। उनले देउवासँग आफूले मिलेर काम गर्ने प्रतिवद्धता गर्दै नेपाल र चीनबीच् रणनीतिक साझेदारीको महत्व रहेको बताएका छन्।

देउवा प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उत्तरी छिमेकी समकक्षीको बधाई सन्देश आएको हो। देउवा प्रधानमन्त्री नियुक्त भएको तीन दिनपछि काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्कीले देउवालाई भेटेरै चिनियाँ बधाई दिएकी थिइन्। सोही क्रममा चीनले नेपाललाई थप १६ लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति