सुटुक्क दिल्ली पुगे विमलेन्द्र निधि

काठमाडौं, १३ साउन ।  सत्तारुढ दल नेपाल काँग्रेसका उपसभापति विमलेन्द्र निधि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । निधिको निजी सचिवालयले उनी भारतको गएको पुष्टि गरेको छ ।

‘वहाँ पारिवारिक कामले भारत जानु भएको हो । आज बिहान काठमाडौँबाट नयाँ दिल्ली जाने कार्यक्रम तय थियो । तर, विमानमा सिट नपाएका कारण वहाँ काठमाडौँबाट बिराटनगर अनि त्यहाँबाट सिलिगुडी हुँदै नयाँ दिल्ली जानुभएको हो । वहाँको ससुराली त्यहीँ हो । वहाँको जेठानले लाउनुभएकोले जानुभएको हो । वहाँ भोलिसम्म बसेर पर्सी फर्किने कार्यक्रम रहेको छ,’ निधिका स्वकीय सचिव विश्वास बिक्रमले भने ।तर, अमेरिकी विदेशमन्त्री एन्टोनी बिंल्केन भारत आएको मौकामा निधि दिल्ली पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

बुधबार मात्र अमेरिकी विदेशमन्त्री र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलबार बेलुकी टेलिफोन वार्ता भएको थियो । दुई नेताबीच एमसीसीको बारेमा पनि चर्चा भएको बताइएको छ । नेपाली काँग्रेसकै पालामा एमसीसी परियोजनामा सम्झौता भएको थियो । सो सम्झौता पारित हुनुपर्नेमा देउवाले जोड दिँदै आएका छन् ।​यद्यपि, सत्तारुढ गठबन्धनमा यो विषयमा मतभेद रहँदै आएको छ । आजै मात्र प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी अघि बढाए गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति