राष्ट्रपतिद्वारा दुई प्रदेश प्रमुख पदमुक्तसँगै नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौं, १२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ दुई जनालाई प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्न र गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।​नेपालको संविधानको धारा एक सय ६५ को उपधारा एकको खण्ड ‘ख’ बमोजिम यस अघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयले छुट्टा छुट्टै दुई वटा विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति