अघिल्लो सरकार बालुवाटारबाट बार्दली पुग्यो त्यसैले यो सरकार संसद्सँग डराउनुपर्नेछ – गगन थापा

काठमाडौँ, १२ साउन । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले केपी ओली नेतृत्वको सरकार विधि, नियम नमानेकै कारण बालुवाटारबाट बार्दलीमा पुगेको उदाहरण पेश गर्दै यो सरकारलाई त्यो छुट नभएको बताएका छन् । आजको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्बाट विश्वासको मत पाएसँगै नयाँ अध्याय सुरु भएको बताएका हुन् ।

‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने ? न विधि मान्ने न विज्ञानलाई पत्याउने ? स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने, जनताको दुहाइ दिने तर आसेपासे पोस्ने, बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने यस्तैयस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको हो, अघिल्लो सरकार,’ उनले भने, ‘यो संसद् सरकारसँग डराउने होइन । सरकार यो संसद्सँग डराउनुपर्नेछ । परीक्षा प्रधानमन्त्रीको मात्र होइन, सभामुखको र सांसदको पनि हो ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति