पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना पुष्टि, काठमाडौं उपत्यकामा थप ७ सय ७४ जना संक्रमित

काठमाडौं, १२ साउन । पछिल्लो २४ घण्टामा देशभर तीन हजार आठ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६ सय ५५ जनाको पीसीआर र चार हजार आठ सय ६३ जनाको एन्टिजेन गरी १७ हजार पाँच सय १८ जनाको नमुना परीक्षण गर्दा तीन हजार आठ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको २२ दशमलव २५ प्रतिशत हो । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ४२ हजार आठ सय १७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार सात सय ७८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ४७ हजार ७९ जना पुगेको छ । यही अवधिमा थप २० जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार सात सय ५८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा २८ हजार आठ सय ३६ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैवीच काठमाडौं उपत्यकामा थप ७ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार काठमाडौं उपत्यकामा थप ७ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।जसमध्ये काठमाडौंका ४७५ जना, ललितपुरका १६७ जना र भक्तपुरका १३२ जना छन्।काठमाडौं उपत्यकामा अहिले आठ हजार ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।काठमाडौंमा मात्रै ५ हजार ८५६, ललितपुरमा १ हजार २१७ र भक्तपुरमा ९ सय ६६ जना सक्रिय संक्रमित छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति