व्यवसायीहरू मन्त्री बन्न पाउने कि नपाउने भन्ने कानुन बनोस् : कांग्रेस सांसद राजभण्डारी

काठमाडौं, १२ साउन । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले संविधानले व्यवसायीलाई सांसद बन्न दिएको बताएका छन्।
तर तिनै सांसद मन्त्री बन्दा भने टिकाटिप्पणी हुने गरेको उनले बताए। प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा व्यवसायीसमेत रहेका सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेपछि आलोचना भइरहेको छ। त्यसतर्फ संकेत गर्दै राजभण्डारीले आज प्रतिनिधि सभा बैठकमा व्यवसायीहरू सांसद बन्न पाउने अधिकार संविधानमै रहेको बताए।

तर मन्त्री बन्न पाउने कि नपाउने भन्ने कानुन बनाउन उनको माग छ।‘अहिले व्यवसायीहरूका बारेमा चर्चा भइरहेको छ। संविधानले व्यवसायीलाई सांसद बन्न त दिएको छ। तर अहिले मन्त्री बनेकाबारे टिकाटिप्पणी भइरहेका छन्। को मन्त्री बन्न पाउँछ को बन्न सक्दैन भन्ने कानुन र नियम बनोस्,’ उनले भने। यस्तो कानुन बनाउन ढिला नगर्न उनले संसदमै रहेका कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि ध्यानाकर्षण गराएका थिए। ‘कानुन मन्त्री यहीँ हुनुहुन्छ, यथाशीघ्र यस्तो नियम बनाउनुपर्छ। ढिला नहोस्,’ उनले भने।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति