काठमाडौं, ११ साउन । सभामुख अग्निप्रसाद सापकोटाले विपद् संकटग्रस्त क्षेत्र घोषित जिल्लालाई सरकारको प्राथमिकतामा राख्न अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई आग्रह गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार भएको भेटवार्तामा सरकारले साउन ४ गते विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको दुई जिल्ला सिन्धुपाल्चोक र मनाङलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन्। सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा तत्काल बेलीब्रिज राख्न निर्देशन दिइसकेको जानकारी गराए । यस्तै, भेटमा संघीय संसदलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा पनि छलफल भएको थियो।
सभामुख सापकोटा र अर्थमन्त्री शर्मा छलफल
प्रतिक्रिया