काठमाडौं, ११ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का नेता रेशम चौधरीको सनाखत जेलबाटै गराउने भएको छ ।आयोगले जसपाको आधिकारिकता विवाद निरुपण गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर सनाखत गराउँदै छ । आयोगको कार्यालयमा उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेताहरु पुगेका छन् । चौधरी जेलमा रहेकाले उनको सनाखत जेलमै गर्न लागिएको हो ।डिल्लीबजार कारागारका जेलर बसन्त पुरीले निर्वाचन आयोगबाट जेलमा सनाखत गराउने विषयमा पत्र आएको जानकारी दिए । आयोगले आफ्नो कर्मचारीलाई जेलमा पठाएर चौधरी कतापट्टी रहेका छन् भनेर उनको हस्ताक्षर लिनेछन् ।
जसपा नेता रेशम चौधरीको सनाखत जेलमै गराइने
प्रतिक्रिया