अमेरिकाले अरू देशसँग समान व्यवहार गर्न सिकेन : चीन

काठमाडौं, १० साउन। चिनियाँ विदेशमन्त्री वाङ यीले कुनै पनि मुलुक अर्को मुलुकभन्दा श्रेष्ठ नरहेको र चीनले यस्तो सोच्ने कुनै पनि मुलुकलाई स्वीकार नगर्ने बताएका छन् ।

आइतबारदेखि अमेरिकी उप विदेशमन्त्री वेन्डी शेर्मनको चीन भ्रमण हुनुपूर्व शनिबार चिनियाँ विदेशमन्त्रीले यस्तो बताएका हुन् । यसअघि नै चीनले पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रोससमेत धेरै अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाइसकेको छ ।

सिचुवान प्रान्तको चेन्दु सहरमा चीन–पाकिस्तानका विदेशमन्त्रीसँगको रणनीतिक वार्ताको क्रममा वाङ यीले यस्तो बताएका हुन् । ‘अमेरिकाले अर्को मुलुकलाई समानरुपमा कस्तो व्यवहार गर्नुपर्छ भन्ने अझैसम्म पनि थाहा छैन भने अन्तर्राष्ट्रिय समुदायसहित चीनले उसलाई सिकाउने जिम्मेवारी लिनुपर्छ’, उनले भने ।

यसअघि गत शुक्रबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिका चीनलाई पाठ सिकाउन वा आन्तरिक मामिलामा हस्तक्षेप गर्न योग्य नरहेको बताएका छन् । त्यस्तै उसले ‘बलियो अवस्थामा रहेर’ चीनसँग सम्झौता पनि गर्न नसक्ने लिजियानले बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति