श्रीमानको बचाउ गर्दै शिल्पाले भनिन्ः कुन्द्राले बनाउने गरेको भिडिओलाई ‘हटसट’ हो

काठमाडौं, १० साउन ।  भारतीय अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा पोर्न चलचित्र बनाएको अभियोगमा पक्राउ परेपछि यो विषयलाई यतिबेला भारतमा चासोका साथ हेरिएको छ।एकहप्तादेखि राज कुन्द्रा प्रहरीको हिरासतमा छन्। उनलाई मंगलबारसम्म हिरासतमा राखिनेछ। यसबीचमा श्रीमानका बारेमा प्रश्न गर्न प्रहरीले अभिनेत्री शिल्पालाई मुम्बईको क्राइम ब्रान्च बोलाएको थियो।टाइम्स अफ इन्डियाका अनुसार शिल्पाले बयानका क्रममा आफू श्रीमानको पोर्न भिडिओ बनाउने व्यवसाय बारे अनविज्ञ भएको बताइन्।उनले प्रहरीले लगाएको आरोपको खण्डन गर्दै श्रीमानको बचाउ समेत गरेको समाचारमा जनाइएको छ।राज कुन्द्राले पोर्न भिडिओ नबनाएको र ती भिडओहरु ‘इरोटिक चलचित्र’ भएको उनले उल्लेख गरेको जनाइएको छ।पोर्न भिडिओ पुरै अश्लिल भिडिओ हो भने इरोटिक चलचित्र यौनलाई प्रेरित गर्ने चलचित्र हो। उनले कुन्द्राले बनाउने गरेको भिडिओलाई ‘हटसट’ भनिनुपर्ने पनि बताएकी छिन्।राजकुन्द्रालाई प्रहरीले गिरफ्तार गरेपछि नै शिल्पाले हालै श्रीमानको भियान इन्डस्ट्रिजबाट राजीनामा गरेकी छिन्। उनले टिभी कार्यक्रमसँगै अन्य कार्यक्रमहरु तत्काल स्थगित गरेकी छिन्। टाइम्स अफ इन्डिया

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति