महन्थ ठाकुरलाई भेटेर विप्लव पुगे बादल निवास

काठमाडौं, ९ साउन ।   जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरलाई भेटेपछि नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द रामबहादुर थापालाई भेट्न पुगेका छन् ।

बादलको निवास नै पुगेर उनले बादलसँग भेट गरेका हुन् । भेटमा विप्लव समूहका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए । बादल र विप्लव विगतमा सँगै सशस्त्र युद्धमा सहभागी भएका थिए । तत्कालिन नेकपा माओवादीबाट मोहन वैद्य समूह अलग हुँदा बादल र विप्लव दुवैले वैद्यलाई साथ दिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति