काठमाडौं, ७ असार । शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द र नेकपा(क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्यलगायतका नेताहरू एउटै मन्चमा देखिने भएका छन् । पुष्पलाल मित्रता केन्द्रको आयोजनामा हुने कार्यक्रममा उनीहरू एउटै मन्चमा देखिने भएका हुन् । ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचनसहित श्रद्धान्जली कार्यक्रम हुने आयोजकले जनाएको छ । कार्यक्रममा एमाले नेतृ अष्टलक्ष्मी शाक्य, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीसमेत सहभागी हुनेछन् ।
प्रचण्ड, नेपाल, वैद्य र चन्दले भोली एउटै मन्चबाट भाषण गर्दै
प्रतिक्रिया